AArya
RUMPUM
animated ellipse animated ellipse

महानगर प्रवेश गर्ने मुख्य सडकका बिजुलीको पोलमा रंग लगाउन सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ चैत्र २०७९, मंगलवार १७:०८
144
Shares
विराटनगर / विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले बिजुलीको पोलमा रंग लगाउन सुरु गरेको छ ।

विराटनगरलाई सफा र व्यवस्थित बनाउने अभियानअन्तर्गत बिजुलीका पोलमा रंग लगाउन सुरु गरिएको मेयर नागेश कोइरालाले बताए । विराटनगर–७ हाटखोलाबाट बिजुलीको पोलमा रंग लगाउन सुरु गरिएको छ । पोलमा ह्वाइट सिमेन्टपछि इनामेल लगाइनेछ । यसरी रंग लगाएको पोललाई नम्बरिङसमेत गरिनेछ । रातिको समयमा सवारी साधनको हेडलाइट पर्दा टल्किने र पोलमा ठोक्किएर हुने दुर्घटनामा कमी आउने मेयर कोइरालाको भनाइ छ । “विराटनगर प्रवेश गर्दा म महानगरभित्र छिर्दैछु भन्ने जो कोहीलाई आभास होस् भन्ने हाम्रो उद्देश्य रहेको छ,” कोइरालाले भने, “यसले महानगरको सुन्दरता बढ्नुका साथै पोलमा ठोक्किएर हुने दुर्घटनाको जोखिम कम हुन्छ ।”

अबदेखि पोलमा पोष्टर टाँस्नसमेत प्रतिबन्ध लगाइएको महामनगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । जथाभावी पोलमा पोष्टर टाँस्दा र झुड्याउँदा सहरको सुन्दरतामा समेत ह्रास आएको छ । पोलमा पोष्टर टाँस्नेलाई जरिवाना गरिने कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर