खबर पूर्वाञ्चल
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितमा भारतको ७ र नेपालको ११ गरी १८ वटा टिमको सहभागि हुने मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको अध्यक्ष मुरली चौधरीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन दिनको खेल भारत जोगवनीको रोशान्त क्रिकेट क्लब र विराटनगरको होरिजन क्रिकेट क्लब बिच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । उपविजेताले ६१ हजार रुपैयाँ पाउँनेछन् । म्यान अफ द सिरिज हुने खेलाडीले नगद १५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले ११ हजार, उदयमान खेलाडीले ५ हजार रुपैयाँ पाउँनेछन् । यस्तै दैनिक म्यान अफ द म्याच हुने खेलाडीले १ हजार १ सय रुपैयाँको साथै आर्षकण गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न कबिर २६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । क्रिकेट प्रतियोगिताको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता गर्दै आएको उनले बताए । ‘खेल क्षेत्रको विकास गर्ने उद्देश्यले हामीले प्रतियोगितालाई निरन्तार दिएका छौं,’ उनले भने, ‘प्रत्येक वर्ष हुने मिल्स क्रिकेट प्रतियोगिता भव्य र सम्भ तरिकाले हुनेछ । ’
प्रथम संस्करणको मिल्स क्रिकेट प्रतियोगिताको विजेता पूर्वाञ्चल एकेडेमी भएको थियो ।