मोरङको कदमाहमा २५ शैय्याको अस्पताल संचालन

खबर पूर्वाञ्चल, २२ पुष २०७८, बिहीबार १८:१०

विराटनगर / मोरङको धनपालथान गाउँपालिका–६ कदमाहमा पब्लिक हस्पिटलले २५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ ।

रंगेलीका मनिसकुमार यादव र धनपालथानका पंकजकुमार यादवले २० लाखको लगानीमा आजदेखि सो अस्पतला संचालनमा ल्याएका हुन् ।

स्थानीय स्तरमा सहज रूपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले हस्पिटल संचालनमा ल्याएको बताइएको छ । स्थानीयमा उपचारको सहज पहुँच होस भन्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याईएको सञ्चालक पंकज यादवले बताए । ‘यहाँका स्थानीयले सामान्य स्वास्थ्य उपचारका लागि पनि पुर्वमा रङ्गेली र पश्चिममा कटहरी वा विराटनगर पुग्नुपर्ने बाध्यता छ । हामीले टाढा जानुपर्ने समस्याको अन्त्य गरेका हौं,’ उनले भने ।

अस्पतालमा ल्याब, एक्स–रे, इसिजी, युएसजी, फार्मेसी र २४ घण्टे आकस्मिकका साथै ओपिडिका सम्पुर्ण सेवाहरु उपलब्ध छन् । अस्पतालमा हाडजोर्नी तथा नशारोग, स्त्री तथा प्रसुती रोग, जेनेरल सर्जरी, मुटुरोग, बालरोग तथा नवजात शिशु, रेडियोलोजी र डेन्टल सम्बन्धी सेवाहरु समेत उपलब्ध रहेको सञ्चालक मनिस कुमार यादवले बताए । गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाहको बिषयलाई दृष्टिगत गर्दै अस्पतालमा दक्ष तथा अनुभवी चिकित्सकद्धारा सेवा प्रवाह हुने उनको भनाई छ । अस्पतालमा एमबीबीएस डाक्टर १, हेल्थ असिस्टेन्ट १, ल्याब टेक्निसियन १ र फार्मेसीमा १ जना सहित ४ जनाको टीमले सेवा दिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५