AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा बाख्राको मासु बिक्री गरेका दुई पसलमाथि कारबाहीमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०८२, बुधबार १८:१५
81
Shares
विराटनगर / उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ ।

देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला परेको हो ।

महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसीको पहिचान चिन्ह नभएको मासु बिक्रीका लागि राखिएको भेटिएपछि परीक्षण गर्दा बाख्राको मासु बिक्री भइरहेको पुष्टि भएको महानगरले जनाएको छ ।

उपभोक्तालाई खसीको मासु भन्दै फरक प्रकृतिको मासु बिक्री गरी ठगी गरिएको ठहर गर्दै गाउँले मिट पसल र खान पसलविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए । अनुगमन टोलीमा नगर प्रहरी प्रमुख राजन पौडेलसहितको सहभागिता रहेको थियो ।

टोलीले अवैध रूपमा बिक्रीका लागि राखिएको मासु जफत गरी नष्ट गरेको छ । महानगरले उपभोक्ता संरक्षण र खाद्य स्वच्छता सुनिश्चित गर्न नियमित तथा आकस्मिक अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

महानगरले मासु व्यवसायीलाई प्रचलित मापदण्ड पालना गर्न तथा उपभोक्तालाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा जानकारी गराउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर