खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिकामा एशियाली विकास बैंकको सहयोगमा सञ्चालित योजना अन्तिम चरणमा छ तर बनेको संरचनाको अनुगमन भने फितलो भएको देखिएको छ । प्राविधिक काम र त्यसको अनुगमनको पाटो दुरुस्त नभएकै कारण सडकमा गुडिरहेका गाडीहरु यसरी धमाधम भासिन थालेका दृष्यहरु देखिन थालेका छन् ।
तीनटोलीय र आसपासका धेरै सडकहरु कालोपत्रे भएका छन् । त्यस क्षेत्रका सडकका कतिपय भागहरुमा अहिले ठुला खाल्डाहरु परेको देखिन्छ ।
विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो । निर्माणमा कमसल सामाग्री प्रयोग गरिएका कारण टिपरको वजन थेग्न नसकेपछि चक्का भासिएको थियो । चालक टेकबहादुर बोहराका अनुसार केहिबेरका लागि रोकिएको टिपर एकाएक सडकमा भासिएको थियो ।
निर्माण कम्पनि आषिश निर्माण सेवाका साईड इन्जिनियर मदन भट्टराइले के कारणले भासियो भन्ने कुरा निरीक्षण गरेपछि मात्रै भन्न सकिने बताएका छन् । निर्माण सामाग्री बोकेर आएको टिपरको सडकको केन्द्रभागतर्फको पछाडीको चक्का भासिएपछि स्थानीय समेत त्रसित बनेका थिए ।