सबै दललाई सरकारमा सहभागि हुन मुख्यमन्त्री कार्कीको आव्हन

खबर पूर्वाञ्चल, ५ बैशाख २०८०, मंगलवार १७:२८
126
Shares
फाइल तस्वीर

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा सहभागि छ वटै राजनीतिक दलहरुलाई आफू नेतृत्वको सरकारमा सहभागि हुन आग्रह गरेका छन् ।

प्रदेश सभामा सहभागि छ वटा राजनीतिक दलमध्ये नेकपा (एमाले), माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजबादी पार्टी अहिलेको सरकारमा सहभागि भएपनि प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस र पाँच ठूलो दल नेकपा (एकीकृत समाजबादी) सरकार बाहिरा रहेको चर्चा गर्दै उनीहरुलाई पनि सरकारमा सहभागि हुने अनुरोध गरेका हुन् ।
आज ‘कोशी प्रदेश सरकारको एक सय दिने कार्य उपलब्धी विवरण’ सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । गत पुस २५ गते भएको उक्त सरकारले आज एक सय दिन पुरो गरेको छ ।
मुख्यमन्त्री कार्कीले भने – ‘ म आव्हन गर्न चाहान्छु, सबै मिलेर पाँच वर्ष सरकार चलाउ र नेपाली जनतालाई सन्देश दिउँ ।’ हाम्रो बहुदलीय प्रतिस्पर्धात्मक र वेस्ट मिनिस्टर प्रणालीमा बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष चाहिन्छ भन्ने मान्यता रहेपनि त्यो मान्यता श्राद्धा गर्दा विरालो बाद्नुपर्ने मान्यता जस्तो मात्र भएको दृष्टान्त प्रस्तुत गर्दै यो कुनै कानुनी र संबैधानिक बाध्यता नभएको स्पस्ट पारे उनले भने– ‘सँगै मिलेर नयाँ सन्देश दिउँ, त्यसले राष्ट्रिय राजनीतिमा विभिन्न मुद्धाहरुमा राष्ट्रिय सहमतिको वातावरण बन्ने, अन्य प्रदेशहरुमा पनि एउटा सहमतिको वातावरण बन्ने र नेपाली जनताहरुमा देखिएको निराशा,कुण्ठा, आक्रोसलाई चिरेर सम्भावित राजनीतिक दुर्घटनाहरु तथा मध्यवधी निर्वाचनको संभावानालाई टार्न सकिन्छ ।’

मुख्यमन्त्री कार्कीले जहिलेसम्म बहुमत आउँदैन तव सम्म दलहरु सँगै मिलेर जाने संस्कृतिको विकास गर्न पनि अनुरोध गरे । उनले २०७९ मङ्सिर ४ गतेको निर्वाचनको परिणामपछि सङ्केत मुलुकमा राजनीतिक स्थायीत्वको सम्भावाना नदेखिएको दृष्टान्त प्रस्तुत गर्दै राजनीतिक पार्टीको केन्द्रीय नेतृतवमा समिकरण परिवर्तन भएको र कोशी प्रदेश बाहेक कुनै पनि प्रदेश सरकारले सय दिन व्यतित गर्ने मौका नपाएको स्पस्ट पारे ।

उनले कोशी प्रदेशको सरकारको भविश्य पनि के हुन्छ भनेर विभिन्न अड्कलवाजीहरु भइरहेको स्मरण गराउँदै तर कोशी प्रदेशमा भने सरकारमा सहभागि दलहरु एकमतका साथ अघि बढिरहेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५