खबर पूर्वाञ्चल
विराटनगर – १ स्थित विष्णुमाया पुस्ताकलयमा मंगलबार भव्य कार्यक्रम आयोजना गरि ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिने भएको हो ।
सम्मानित हुनेमा १ सय देखि १ सय ७ वर्ष उमेर समूहका ५ जना, ९० देखि १ सय वर्षसम्मका २२ र बाँकी ७० देखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिने भरतमोहन अधिकारी स्मृति फाउण्डेसन नेपालकी महासचिब लिमा अधिकारीले जानकारी दिइन् ।
ज्येष्ठ नागरिकप्रतिको सम्मान स्वरूप प्रदेशभरीका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिने भएको उनले बताइन् । यस्तै प्रजान्तको लागि लडने २३ जना कम्युनिष्ट योद्धाहरूलाई विशेष सम्मान गरिने भएको छ । पार्टी र राज्यले नहरेका कम्युनिष्ट योद्धाहरुलाई सम्मान गरिने भएको विष्णुमाया पुस्ताकलयका अध्यक्ष केशव प्रसाद गौतमले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल आउने भएका छन्