AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोवास कलेजमा कक्षा ११ का विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ श्रावण २०८०, शुक्रबार १७:५६
1.35k
Shares
विराटनगर / विराटनगरमा १० मा रहेको कोवास कलेजले २९ औ ब्याजका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण आज सम्पन्न गरेको छ ।

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला कलेजका प्रिन्सिपल केवलप्रसाद पोखरेल, कलेजका निर्देशक प्रिया सारडा, एस्पाय कलेजका क्याम्पस प्रमुख सिएम बस्नेत , सास्तम कलेजका व्यवस्थापन महेश्वरप्रसाद सिंह र कलेजका पूर्व विद्यार्थी सिए एलिस अलीलगायले कलेजको बारेमा जानकारी गराएका थिए । भर्ना भएका २ सय जना विद्यार्थीहरुलाई अभिमुखिकरण दिएका थिए ।

अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज कोवास भएकोले हाम्रो रोजाईमा परेको कक्षा ११ मा भर्ना भएको विद्यार्थीले बताए ।

कलेजमा विज्ञान तथा व्यवस्थापन संकायमा अध्यापन हुने गरेको कलेजले जनामएको छ । सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नृत्य गरेर कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर