animated ellipse animated ellipse

सेनिटाइजरको कालोबजारी गर्ने फार्मेसीलाई जरिवाना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०७८, आईतवार २०:०८
1.54k
Shares
विराटनगर/ मोरङका तीन वटा औषधी पसल कारवाहीमा परेका छन् ।                                                                      स्वास्थ्य सामाग्री कालोबजारी गरिएको भेटिएपछि आज आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कारवाही गरेको हो ।

मोरङको बुढीगंगा गाउँपालिकामा २ टंकिसिनवारीमा रहेको विज्ञान फार्मेसीले सेनिटाइजरको कालोबजारी गरेको भेटिएको छ । विज्ञान फार्मेसीले मञ्जरी आयुर्वेद औषधी उद्योगले उत्पादन गरेको ‘रव क्लिन’ ब्रान्डको सेनिटाइजरमा खरिद गरेको भन्दा १०६.२५ प्रतिशित मुनाफा राखि बिक्री गरेको भेटिएपछि उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

१२० एमएलको सेनिटाइजर ८० रुपैयाँमा खरिद गरी विज्ञान फार्मेसीले १ सय ६५ रुपैयाँ बिक्री वितरण गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन अनुसार सो फार्मेसीलाई २ लाख जरिवाना गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

‘विज्ञान फार्मेसीले खरिद गरेको भन्दा बढी मूल्य कायम गरि अनुचित र अस्वभाविक नाफा राखेर उपभोक्तालाई बिक्री गरेको भेटिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ङ बमोजिमको कसुरका आधारमा ऐनको दफा ३९ ख बमोजिम तत्काल २ लाख जरिवना गरिएको हो,’ कार्यालय प्रमुख पोखरेलले भने ।

यसैगरि बजार अनुगमनको क्रममा विराटनगरका दुई वटा फार्मेसीले सेनिटाइजर माक्स खरिद गरेको बिल बिजक नदेखाएपछि कारवाही गरिएको छ । विराटनगर महानगरपालिका २ मा रहेको यश फार्मेसी र विनुका फार्मेसीले माक्स र सेनिटाइजरको बिल बिजक बिना खरिद र बिक्री गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ घ कसुरका आधारमा सोही ऐनको दफा ३९ क बमोजिम जरिवना गरिएको पोखरेलले जानकारी दिए । यस फार्मेसीलाई पाँच हजार र विनुका फार्मेसीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको वािणज्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर