खबर पूर्वाञ्चल
उनलाई ज्वरो, खोकी र दमका विरामी भइ गम्भिर अवस्थामा अस्पतालमा शनिबार साढे पाँच बजे भर्ना गरिएको थियो । अस्पताल ल्याइ पु¥याउँदा विरामीको मृत्यु भइसकेको कोशी अस्पतालका सुपरिटेन्टडेन्ड (मेसु) डा. चुमनलाल दासले जानकारी दिए । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएकोे मृतकको स्वाब परीक्षण रिपोट अनुसार शनिबार साढे १० बजे कोरोना संक्रमण देखिएको छ । आज दिउँसो शवलाई नेपाली सेनाले व्यवस्थापनको लागि मोरङको कानेपोखरीको जंगलतर्फ लगेको अस्पतालले जनाएको छ ।
यो सँगै विराटनगरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । हालसम्म मोरङमा २० जनाको कोभिडि १९ बाट मृत्यु भएको छ ।
बीपीमा थप एक संक्रमितको मृत्यु
धरानस्थित बीपी प्रतिष्ठानमा झापाको कन्काई ३ की ३५ वर्षिय महिलाको उपचारको क्रममा आज १०ः४५ मा मृत्यु भएको छ ।
सातादेखि कब्जियत, कम्जोरीको समस्या रहेको उनलाई दुई दिनदेखि ज्वरो आइ स्वासपश्वासमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना भएकी थिइन् । थप परीक्षणमा उनमा निमोनिया पनि देखिएको प्रतिष्ठानले जनाएको छ । १८ भदौमा भर्ना भएकी उनमा सोही दिन कारोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिडि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
यो सँगै आइतबारसम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २९ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।