animated ellipse animated ellipse

संविधान दिवसमा प्रदेश १ सरकारको वृहत् वृक्षारोपण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०७९, सोमबार १५:०४
117
Shares
विराटनगर / संविधान दिवसको अवसरमा प्रदेश १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछीसम्म सडकको बिच भाग(डिभाइडर)मा बिरुवा रोपी संविधानदिवस मनाइएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बिरुवा रोपी कार्यक्रमको सुरुवात गरे । केन्द्र सरकारको परिपत्र अनुसार प्रदेश १ सरकारले असोज २, ३ र ४ गते (३ दिन)सम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावलीलगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्त्वपूर्ण उपलब्धि हाँसिल गरेको बताउँदै संविधानलाई जोगाएर लान जरुरी रहेको बताए । वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, सशस्त्रप्रहरी, नेपाली सेना, स्काउट विद्यार्थी, स्वयंसेवी विद्यार्थी, निजामती कर्मचारीहरुले वन कार्यालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराएका २३ सय बिरुवा रोपेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर