खबर पूर्वाञ्चल
समितिको उपाध्यक्षमा बदमीया साह, सचिवमा दुखीलाल साह, सह–सचिवमा विजयकुमार साह, कोषाध्यक्षमा सत्यनारायण साह, सह–कोषाध्यक्षमा अनितादेवी साह चयन भएका छन् भने सदस्यहरुमा उमेश साह, रेखा साह, विन्दादेवी साह, डोमा साह,र शंकर साह रहेका छन् । त्यसैगरि सल्लाहकारहरुमा धनीलाल साह, पञ्चलाल साह, गंगा साह र फुचरु साह रहेका छन् ।
विराटनगर महानगर तदर्थ समितिका संयोजक सञ्जय साहका अध्यक्षतामा बसेको सो भेलामा समाजका जिल्ला अध्यक्ष डा.बालकृष्ण साह, जिल्ला सदस्यहरु ऋशिराज शेठ, डा.शिवशंकर साह र गणेश साह, तदर्थ समिति सदस्यहरु संजिव साह, सन्तोष साह, नन्दगोपाल साह र शुरेस साह लगायत करिब ४५ जनाको उपस्थिति रहेको थियो ।
जेठ १५ मा सञ्जय साहको संयोजकत्वमा महानगर अधिवेशन तयारी समिति(तदर्थ समिति) गठन लगतै समाजले विराटनगरका वडा अधिवेशनहरुमा सक्रियता थपेको छ । यस अघि वडा ६ मा रामप्रसाद साह, वडा ८ मा अलिपचन साह (सुरज) र वडा १० मा सज्जन साहको अध्यक्षतामा वडा समिति गठन गरिसकेको तदर्थ समितिका संयोजक सञ्जय साहले बताए । जनगणना २०५७ का अनुसार विराटनगर महानगर पालिकामा तेली कुल ७ हजार ७ सय ५७ जनसंख्या रहेको छ ।