AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोफसलका कलाकारको सम्मानमा अनप्लग्ड कार्यक्रम सुरु हुदैं

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ चैत्र २०७७, आईतवार १९:११
135
Shares
विराटनगर / मकालु टेलिभिजनले संगीतपारखीका लागि नयाँ कार्यक्रम ल्याउने भएको छ ।

टेलिभिजनका कार्यकारी प्रमुख दिवस सुवेदीका अनुसार मोफसलमा रहेर संगीत क्षेत्रलाई माया गर्दै आएका संगीतकर्मीको सम्मानमा अनप्लग्ड सुरु गरिएको जानकारी दिए । टेलिभिजन प्रमुख सुवेदीले कार्यक्रम विशुद्ध रुपमा दर्शकबृद्धको रोजाईलाई आत्मसात गर्दै निर्माण भइरहेको बताए । उनले मोफसलमा रहेका प्रतिभालाई टेलिभिजन मार्फत अन्तर्राष्ट्रियस्तरमा चिनाउन कुनै कसर बाँकी नराख्ने प्रस्टाए। टेलिभिजन प्रमुख सुवेदीले दर्शकलाई मनोरञ्जन दिलाउने उद्धेश्यसहित बैशाखबाट थप केही नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए।

अनप्लग्डमा सहभागि बेलबारीस्थित नमूना ब्याण्डकी गायिका अष्ट्रिन लिम्बुले मोफसलका संगीतकर्मीहरुलाई कार्यक्रममा स्थान दिदा सुखद अनुभूति भएको बताईन् । कोभिड १९ महामारीपछि कन्र्सट र कार्यक्रममा ब्यस्त हुदै आएकी गायिका लिम्बुले टेलिभिजनले सांगितीक क्षेत्रमा चालेको कदम सराहनीय भएको उल्लेख गरिन्। कार्यक्रममा प्रावीधिक सहयोग पुराएका स्मृति ब्याण्डका सदस्य दिपेन थापाले कोभिडको महामारीलाई विर्साउनका लागि सुरु गर्न लागिएको प्रयासलाई दर्शकले मन पराइदिनुहुने विश्वास लिए ।
त्यसैगरि, टेलिभिजनका कार्यकारी निर्माता अभयकुमार राईले १० श्रृखलाको अनप्लग्डमा मोरङका गायकगायिकालाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

अनप्लग्डका एपिसोडहरु टेलिभिजनले नै उत्पादन गरिरहेको बताएका राईले आजबाट कार्यक्रमको प्रोमोपनि अन एयर गरेको छ । अनप्लग्डको यस श्रृखलामा गायकले आफ्नै सृजनाको गीत, अङ्ग्रेजी, कभर, र स्थानीय भाषाको गीत समेटेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर