animated ellipse animated ellipse

दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरले काम गरिरहेको छ: मेयर कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०८०, आईतवार १९:३३
180
Shares
विराटनगर / विराटनगर महानगरपालिकाकी मेयर नागेश कोइरालाले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरू अगाडि बढाइरहेको बताएका छन् ।

विराटनगर–१४ मा आज आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर कोइरालाले दक्षिणी क्षेत्रका सबैजसो वडामा बहुवर्षीय योजनाअन्तर्गत ठूला योजनाहरू सञ्चालनमा रहेको जानकारी दिए । उनले ५ करोड बढीको लागतमा विराटनगर–१४ स्थित रानीपोखरी, ६ बढीको लगानीमा मण्ठापोखरी निर्माण भइरहेको सुनाए । मेयर कोइरालाले दुवै पोखरी पार्कसहितको हुने उल्लेख गरे । उहाँले विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरी निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।

नेपाली सेनासित मिलेर विराटराजाको प्राचीन दरबार संग्राहालय सञ्चालनमा आउनुका साथै विराट राजाको दरबार क्षेत्रको सरसफाई गरी पर्खालमा रंग लगाउने कार्य भइरहेको बताए । त्यस्तै हरेक वडामा १ करोडभन्दा बढीका ठूला योजना पनि सञ्चालनमा रहेको उनको भनाइ थियो । विराटनगर १२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम नाला, ३ करोड ६० लाखको लागतमा विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक, १४ नम्बर वडाको भगवती मार्ग, १५ नम्बरको सुँडी टोलस्थित नाला र सडक, १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्वको सडक, १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, र १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तरको सडक पनि धमाधम निर्माण भइरहेको मेयर कोइरालाले बताए ।

निर्माण भइरहेका सबै सडकको लागत १ करोड रहेको कोइरालाको भनाइ थियो । त्यस्तै विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलमा कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।

मेयर कोइरालाले वडा नम्बर १५ मा रहेको डुबान समस्याको दीर्घकालीन समाधानका लागि सिक्स लेन सडक कार्यालयलाई पत्रचार गरिसकेको बताए । मेयर कोइरालाले भौतिक विकाससँगै मानव विकासमा पनि महानगरले कार्य गरिरहेको सुनाए । उनले विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउन विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा निःल्शुल्क आँखा शिविर जारी रहेको बताए । शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिने उनको भनाइ थियो । मेयर कोइरालाले सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने कार्य भइरहेको उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर