animated ellipse animated ellipse

विराटनगरका कोरोना संक्रमित बृद्धको धरानको विपीमा मृत्यु, विराटनगरमा मृत्यु हुनेको संख्या १८ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०७७, आईतवार १९:५९
351
Shares
विराटनगर / कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय बृद्धको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई विराटनगरको म्याक्स अस्पतालले रेफर गरेकको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएका वृद्धलाई भदौ १६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई भदौ १७ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

उपचारकै क्रममा आज दिउँसो सवा २ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७२ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर