विराटनगरका मेयर भीम पराजुलीले आफूले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने

खबर पूर्वाञ्चल, २४ बैशाख २०७८, शुक्रबार २१:०३
फाइल तस्वीर

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन् ।

कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को १ झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई समेत जनसेवामा समर्पित गर्ने निर्णय गरेको मेयर पराजुलले बताएका छन् ।

आज एक विज्ञप्ति प्रकाशित गरी मेयर पराजुलीले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाएका छन । “तोकिएका सवारी साधन प्रयोग गर्न महानगर कार्यालय अथवा हाम्रो सचिवालयमा सम्पर्क गर्न सकिने छ । यो संकटको घडीमा हामी आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने पनि जानकारी गराउँदछौं” पराजुलीले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नेपाली कांग्रेस विराटनगर महानगर समितिका कावा सभापति अरुण न्यौपानेले पनि आफूले चढ्ने गरेको बा १५ च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेको विज्ञप्ति मार्फत जानकारी गराएका छन । “थोरै भएपनि सहयोग गर्ने उद्देश्यले म एउटा राजनीतिक कार्यकर्ता र जनसेवक भएको हिसाबले सहयोग गरेको हुँ” विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Prabhat karki लेख्नुहुन्छ

    Good job

  2. गोपाल गुप्ता लेख्नुहुन्छ

    ” मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो” नगरवासिको सेवामा समर्पित मेयर पराजुलि प्रति कोटि कोटि नमन ।

  3. Jagat sah brt 8 लेख्नुहुन्छ

    Janta ko dukha, pida lae aafno dukha,pida smjer jun udar aaj kam garnu vyo tyo tyag brtbashi ko lagi swagat yog xa. Aaj m lae fil vyo ki ma shi party ,shi bakti r shi thao ma vot dia xu.Asal jimewari janta ko neta …..safal…Jay Nepal…Great works…thanks.

  4. Rajan Karna लेख्नुहुन्छ

    Good job….
    We are proud of you

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५