खबर पूर्वाञ्चल
नेकपाका महानगर कमिटि अध्यक्ष सागर थापाले केही दिनअघि काठमाण्डौंमा गएर भौतिक मन्त्री बसन्त नेम्वाङसँग डेलिकेसन गएपछि विराटनगरका सडक कालोपत्रे बन्ने भएका हुन् । थापाका अनुसार लामो समयदेखि सडक बने पनि कालोपत्रे हुन नसकेका ती सडकमा केही समयभित्रै कालोपत्रे हुने भएको छ । यसका लागि विराटनगरस्थित डिभिजन सडक कार्यालयले आज टेण्डर समेत आह्वान गरेको छ । थापाका अनुसार विराटनगर ५ स्थित सिटी रुट अन्र्गत विराटनगर ५ को वडा कार्यलयदेखि शान्तिचौकसम्म, वडा नम्बर २ को मुनाल मार्ग हुदै सोमबारे मार्गसम्म, वडा नं. १२ को पञ्चमुखी चौकदेखि मंगलबारे हाटियासम्म, वडा नं. ४ को सगरमाथा एकलबिया मार्ग, बाबाकुटी संजीवनी मार्ग, आर्यवेदीक मार्गमा कालोपत्रे हुने छन् ।
यस्तै विराटनगर ८ को संगम मार्ग, वडा नं. १७ को हिमालय मार्ग, वडा नं. ११ को जनसहयोग मार्ग, ६ को अमान मार्ग कालोपत्रे हुने भएको छ । सबै मार्गको दुरी करिब ४ किलोमिटर र लागत ५ करोड रुपैयाँ हुने डिभिजन सडक कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका इन्जिनियर सुधिरकुमार झाका अनुसार टेण्डर प्रक्रिया सुरु भइसकेकोले आवश्यक प्रक्रिया पूरा गरि कामलाई अगाडी बढाउने जानकारी दिनुभयो ।