जिवन विकास गोल्डकप सुरू

खबर पूर्वाञ्चल, ८ आश्विन २०७९, शनिबार १८:५०
171
Shares
विराटनगर / मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा आजदेखि प्रतियोगिता सुरू भएको हो ।

उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा युवा क्लब भातीगन्जलाई ४– ० गोलले हराउँदै पशुपति सेमिफाइनलमा पुगेको हो । जितको लागि पशुपतिका विशाल सरदार, आषिश खवास, सिजन चौधरी र हरी खवासले गोल गरेका थिए ।

पहिला हाफदेखि दबावमा राखेको पशुपतिका बिशाल सरदारले खेल सुरू भएको २८ औं मिनेट गोल गरी सुरूवाती अग्रता बनाएका थिए । पशुपतिका आशिषले ४७, सिजनले ५५ र हरीले ५६ औं मिनेटमा गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच पशुपतिका सिजन सिंह खवास घोषित भए । उनले १ हजार पाँच सय रुपैयाँ पाए ।

आइतबारको खेल रानी युवा क्लब विराटनगर र लक्ष्मी युवा स्पोर्टिङ्ग क्लब जहदा बीच हुनेछ ।

असोज ८ देखि १५ गतेसम्म संचालन हुने गोल्डकपमा ८ वटा टिमको सहभागि रहेको रहेको लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबका अध्यक्ष श्रवण कुमार राजवंशीले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद ७५ हजार र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उद्घाटन खेलको प्रमुख अतिथि जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह रहेका थिए । कार्यक्रममा जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डलले खेलकुद र शिक्षाबाट जीवन विकासको उत्पती भएको जानकारी गराउँदै खेलक्षेत्रको विकास गर्ने उद्देश्यले मुख्य प्रयोजक भएर खेलकुद गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५