पूर्वाञ्चल खबर
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ६४, बेलबारी र सुन्दरहरैचामा ७–७, उर्लाबारीमा ६, ग्रामथान, पथरीशनिश्चरे र बुढीगंगामा ४–४, रतुवामाई, कटहरी र रंगेलीमा २–२, कानेपोखरी र लेटाङमा १–१, झापाको विर्तामोडमा २०, शिवसताक्षीमा १२, भद्रपुर र कनकाईमा ११–११, दमकमा ९, मेचीनगर र अर्जुनधारामा ७–७, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा २, गौरादह, बाहृदशी र हल्दिबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।
उता सुनसरीको इटहरीमा ३५, धरानमा १८, रामधुनीमा ७, गढीमा ४ र बराहक्षेत्रमा ३, इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र चुलाचुलीमा २–२, सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाँचथरमा १, उदयपुरको चौदण्डीगढी र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८३ महिला र १०० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।