खबर पूर्वाञ्चल
दमक चोकमा प्रदर्शपछि जु्लुस लगाउँदै दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएर नगरपालिकाको गेट तोडफोड गर्दै आगजनी प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रदर्शन उग्र भएपछि हवाई फायर गरेको बताए । प्रदर्शनकारीले ढुंगामुढा पनि गरेको उनले बताए ।
प्रदर्शन क्रममा प्रहरीको गोली लागेर झापाको कमल ५ का प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको बताइएको छ । दमकको अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।