RUMPUM
animated ellipse animated ellipse

समाजसेवी गोयलद्धारा विद्यालयललाई पंखा वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ असार २०७९, मंगलवार १७:३९
126
Shares
विराटनगर / वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले विराटनगरको सामुदायिक विद्यालयलाई पंखा वितरण गरेका छन् ।
ि
वराटनगर – १४ कठकुप्पा टोलमा रहेको श्री जनता बाल आधारभूत विद्यालयमा आज एक कार्यक्रम आयोजना गरि समाजसेवी गोयलले पंखा वितरण गरेका हुन् ।

गोयलले विद्यालयका प्रधानध्यापक राजेश यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोदकुमार यादवलाई पंखा हस्तान्तरण गरे । कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई अत्याधिक बढेको गर्मीमा पंखा बाढेर समाजसेवी गोयलले पुन्यको काम गरेको बताए । विद्यालयका प्रधानध्यापक यादवले विद्यालयमा पंखा नहुदा विद्यार्थीहरू असिन पसिन भएर अध्ययन गरिनुपर्ने बाध्यता अब अन्त्य भएको सुनाए ।

‘विराटनगरमा अत्याधिक बढेको गर्मीको कारण विद्यार्थीहरू अध्ययन गर्दा बेहोस पनि हुने गरेको थिए,’ विद्यालयमा घटेको घटना सुनाउँदै प्रअ यादवले भने, ‘सबै कोठाहरूमा पुग्ने सिलिङ्ग पंखा पाएपछि विद्यार्थीलाई अध्ययनमा धेरै राहत हुनेछ ।’ उनका अनुसार कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा ४ सय ५० जना विद्यार्थी अध्ययरत छन् ।

कार्यक्रममा बोल्दै समाजसेवी गोयलले आफ्नो बैवाहिक वर्षगाँठको अवसर पारेर सामुदायिक विद्यालयलाई पंखा सहयोग गरेको बताए । समाजसेवी गोयलले विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गराउने र पढाइमा उत्प्रेरणा जोगाउने उद्देश्यले उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत पनि गर्ने घोषणा गरे । जनता स्कुलमा अध्ययरत १ देखि कक्षा ८ सम्म प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमश ः ५, ३ र २ हजार रुपैयाँ पुरस्कार दिने पनि समाजसेवी गोयलले घोषणा गरेका छन् ।

गोयल आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका नाममा विगत डेढ दशकदेखि समाजसेवामा सक्रिय छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर