AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५८ औं संस्करणको रथयात्रा निस्कियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०८२, आईतवार १६:००
90
Shares
विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५८ औं संस्करणको निकालिएको राधाकृष्ण रथयात्रा । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगरको साँस्कृतिक पहिचान बनिसकेको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा निस्किएको छ ।

विराटनगर १ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै नगरको ९ किलोमिटर यात्रा तय गरेर मन्दिरमै पुगेर समापन हुनेछ ।

रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुने रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ । रथयात्रामा हजारौं भक्तजनहरू सहभागी भएका छन् ।

रथयात्राको दिन कोशी प्रदेश सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको छ । रथयात्रालाई पूर्ण रुपमा सुरक्षित र शान्तिपूर्ण बनाउन मोरङ प्रहरीले कडा सुरक्षा रणनीति अपनाएको छ ।

रथयात्राका लागि हिजो नयाँ रथको विशेष पूजा गरिएकोक थियो । यो रथयात्रा एसियामै भारतको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ । १९८८ सालमा ‘खटयात्रा’का रूपमा सुरु भएको यो २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर