RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश ट्रफी क्रिकेटको टेलिभिजन एकाधिकार विराटनगरको मकालु टेलिभिजनलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ फाल्गुन २०८०, सोमबार १७:४७
387
Shares
विराटनगर / विराटनगरमा आयोजना हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पिनसीपको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ ।

मोरङ जिल्ला क्रिकेट संघद्धारा विराटनगरमा आयोजित टेलिभिजन प्रसारणसम्बन्धी पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष मोहम्मद साद कुरैसीले पहिलो खेलमा गृह प्रदेशको चुनौति कर्णालीले सामना गर्ने बताए । तीन विभागिय टोली र सात प्रदेशको सहभागिता हुने प्रतियोगिता फागुन २२ देखि चैत्र ३ गते आयोजना हुने अध्यक्ष कुरैसीले जानकारी दिए । विजेता टोलीले ५ लाख रुपैया हात पार्ने प्रतियोगिताको समूह ‘क’ मा सशस्त्र प्रहरी बलको टोली, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेश रहने जानकारी दिए । त्यसैगरि, समूह ‘ख’ मा नेपाल पूलिस क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र सूदुरपश्चिम प्रदेश रहनेछन् ।

पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष कुरैसीले प्रतियोगिताको टेलिभिजनको एकाधिकार विराटनगरको मकालु टेलिभिजनले पाएको बताए । उनले भने, ‘प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता आफैमा उत्सव हो । प्रतियोगितालाई राष्ट्रसामू भव्य र सभ्य बनाउने अहम हात सञ्चार क्षेत्रको हुने हुदाँ सबैले साथ सहयोग गर्नुहुने अपेक्षा गर्दछु ।’ टेलिभिजन प्रसारणमा मकालु जोडिएको बताएका अध्यक्ष कुरेसीले प्रतियोगितामा पत्रकार र सञ्चारसंग जोडिएका अन्य पाटो आयोजक संस्थाले नै ब्यहोर्ने प्रस्टाए । उनले भने, ‘ प्रतियोगिता सफल बनाउन मिडियाको सहयोग आवश्यक छ । मिडियालाई हामीले कार्डदेखि वाईफाईको अन्य सुविधा उपलब्ध गराउनेछौ ।’

त्यसैगरि, मकालु टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत दिवस सुवेदीले प्रदेशको खेल क्षेत्रलाई घर घरमा पुराउनका लागि टेलिभिजनले सक्दो प्रयास गर्ने बताए । आर्थिक रुपमा भन्दापनि क्रिकेटलाई प्रवद्र्धन गर्नका लागि आफनो स्थानबाट प्रयास गरिएको अधिकृत सुवेदीले बताए । उनले भने, ‘यही प्रत्यक्ष प्रसारणका लागि बाहिरको प्राविधीक ल्याउदाँ ठूलो रकम खर्च हुने उहाँहरुले बताएपछि हामी नै अघि सरेका हौ । विगतमा फुटबल र क्रिकेटको प्रसारण गरेको अनुभवलाई थप मजबुत बनाउँदै प्रतियोगिता सफल बनाउनेतर्फ केन्द्रित भएकाछौ ।’ उनले प्रत्यक्ष प्रसारणसंगै दैनिक रुपमा भिडियो क्लिप आवश्यक सबै सञ्चार क्षेत्रलाई उपलब्ध गराउने जानकारी दिए ।

दैनिक २ वटा खेल हुने प्रतियोगितामा पहिलो खेल विहान १० बजे र दिउँसो २ बजे हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर