AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सदस्य सचिव बस्नेतद्वारा खोटाङ जिल्लाको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०८२, बुधबार २०:२९
225
Shares
विराटनगर/ कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन्।

कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको कार्यालय तथा खेलकुदको संरचनाको अनुगमन तथा खेलक्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रियाको क्रममा खोटाङ पुग्नु भएका बस्नेतले जिल्लामा उपलब्ध खेलक्षेत्र, निजी क्षेत्रमा आवद्ध व्यक्तिहरुसँग अन्तरक्रिया समेत गरेका छन्।

खोटाङ जिल्ला भ्रमणको क्रममा सदस्य सचिव बस्नेतले जिल्ला खेलकुद विकास समितिको कार्यालय तथा खोटाङ बहुउद्देश्यीय कभर्डहल लगायतको संरचनाको अनुगमन तथा निरीक्षण गर्नु खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले जानकारी दिए ।

त्यस्तै, अन्तरक्रियाको क्रममा जिल्ला विकास खेलकुद समिति खोटाङका अध्यक्ष महेश राईले जिल्लामा रहेको कभर्डहलको स्तरोन्नति र विकास समितिको कार्यालयको निर्माणलाई प्राथिमिकतामा राख्न बोर्डसँग आग्रह गरे।

सदस्य सचिव बस्नेतले अन्तरक्रियाको क्रममा प्रदेश भरिबाटै खेलकुद संरचनाको निर्माण र सुधारका लागि बजेट माग आएकोले खेलकुद क्षेत्रलाई हालको सीमित बजेट भन्दा थप बजेट मागको लागि मुख्यमन्त्री , आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीसँग पहल गरिरहेको बताए । उनले खेलकुद क्षेत्रको विकास राज्यको लगानीले मात्रै पर्याप्त नहुने बताउँदै निजी क्षेत्रको समेत साथ(सहयोगको अपेक्षा बोर्डले गरेको धारणा समेत व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर