RUMPUM
animated ellipse animated ellipse

प्याब्सन प्रेसिडेन्ट कपमा सनरे स्कुल छनोट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ माघ २०८०, मंगलवार १९:२८
189
Shares
विराटनगर / प्याब्सन प्रेसिडेन्ट कप यू – १५ फुटबल प्रतियोगितामा मोरङको रंगेली नगरपालिका १ मा रहेको सनरे बोडिङ स्कुल छनौट भएको छ ।

नगर स्तरीय छनोट चरणमा बालदेव दुत बोर्डिङ स्कुललाई पेनाल्टी सुटआउटमा २–१ गोलले हराउँदै सनरे बोर्डिङ स्कुल जिल्ला स्तरीय प्याब्सन प्रेसिडेन्ट कप यू–१५ फुटबलमा छनोट भएको हो ।

प्याब्सन मोरङले माघ २६ गतेदेखि विराटनगरमा सुरु हुने १३ औं प्याब्सन स्पोर्ट्स मिटमा खेल्न पाउने भएको छ । उक्त प्रतियोगितामा मोरङको १७ वटै स्थानीय तहबाट छनोट भएका विद्यालयहरुबीच प्रतिस्पर्धा हुनेछ ।

छनोट चरणमा रंगेली नगरपालिका भित्रका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । बिजेता हुने खेलाडीहरुलाई प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल र नगर प्याब्सन अध्यक्ष सूर्यप्रसाद गौतमले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर