AArya
RUMPUM
animated ellipse animated ellipse

आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ चैत्र २०७९, मंगलवार १९:४६
144
Shares
नरपथगञ्जविरुद्ध बलिङ गदै एपीएफका यज्ञमान कार्की । तस्वीर : पुष्पराज थपलिया
विराटनगर/ विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय भएका छन् । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।

लिगकम नकआउट आधारमा भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले पराजित गर्दै राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले प्ीतयोगितामा पहिलो जित निकालेको होे ।

विराटनगर जुटमिलको खेल मैदानमा भएको खेलमा १ सय ५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५ दशमलव १ बलमा ३ विकेट गुमाई पुरा गर्यो । आर्मीका बसीर अहमदले बिस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेको छ । उनले ३३ बलमा ६ चौक्का र १ छक्का प्रहार गर्दै ४४ रनमा अविजित रहे । उनी खेलको म्यान अफ द म्याचसमेत घोषित भए ।

त्यस्तै हरी चौहानले ३८ रनबनाउँदा सन्दिप रजाइले ३६ रन र राजेश पुलामीमा २४ रन अविजित रहे ।

वाइआरसीसीका भमस्पती सहनीले २ विकेट लिँदा हर्ष भट्टले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको वाइआरसीसीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ५ बलमा सवै विकेट गुमाई १५५ रनमा समेटियो । वाइआरसीसीका सोनु अन्सारीले ३७ ६ छक्का र ४ चौक्का प्रहार गर्दै ६० रन बनाउँदा अभिषेक चौधरीले ३१ रन सिद्धान्त लोहनीले २८ रन बनाए ।

आर्मीका जितेन्द्र मुखियाले ३ विकेट लिँदा बिक्रम सोब, सुमि श्रेष्ठले समान २–२ विकेट लिए भने आकाश चन्द र नरी चौहानले समान १–१ विकेट लिए ।

दोस्रो खेलमा एपीएफले भारत विहारको राहुल ११ नरपथगञ्जललाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्दै उपाधि नजिक पुगेको छ ।

१३९ रनको विजय लक्ष्य पछ्याएको एपीएफले १८ दशमलव २ बलमा ५ विकेटे गुमाइ पूरा गर्यो । एपीएपका म्यान अफ द म्याच विपिन खत्तीले अविजित ४० रन बनाउँदा प्रदिप ऐरीले २५ रन र अमर सिंहले अविजित २२ रनको योगदान दिएका थिए । नरपथगञ्जका अमर यादवले सर्वाधिक ३ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको नरपथगञ्जका निर्धारित २० ओभरको खेलमा १९ ओवरमा सवै विकेट गुमाई १ सय ३८ रनमा समेटियो । नरपथगञ्जका अभिशेक पाठकले सर्वाधिक ४६ रनको योगदान दिए । एपीएफका यज्ञमान कार्की,अमर सिंङ, पुरन कार्की र त्रिलोक विकले २–२ विकेट लिए । बुधबारको पहिलो खेल वाइआरसीसी र नरपथगञ्जबीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा आर्मी र एपीएफ बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर