पूर्वाञ्चल खबर
मोरङ प्रहरीको टोली घटनास्थलमा पुग्दा ५४ वर्षिय श्रेष्ठको दुवै हात बाँधेर घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको हो ।
प्रहरीको टोली घटनास्थलमा पुग्दा मतृकको दुवै हात बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए । ‘घटनास्थलमा मोरङ प्रहरीको टोली केही बेर अगाडी पुगेको छ,’ डिआइजी कार्कीले भने, ‘घटनास्थलमा पुग्दा मृतकको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको छ । दुवै हात बाँधेको अवस्थामा पछाडी रहेको छ ।’ स्थानियले दिएको जानकारीको आधारमा प्रहरीले श्रेष्ठको गोली हानेर हत्या गरेको जानकारी दिएको थियो ।
शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ । आज विहान ७ बजेको समयमा ४÷५ जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।