अपाङ्गगता भएका व्यक्तिलाई संसद् बनाउनु पर्ने माग

खबर पूर्वाञ्चल, २६ भाद्र २०७९, आईतवार १९:५५
81
Shares
विराटनगर / प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू पनि संसद्मा प्रतिनिधित्व हुने सुनिश्चित गरिदिनुपर्ने माग राखेका छन् ।

नेत्रहीन युवा सङ्घ नेपाल मोरङले यस्तो माग राख्दै आज प्रमुख राजनैतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरूले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू प्रतिनिधित्व हुने सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । यस्तै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अपाङ्गता भएको व्यक्तिहरूले सहज रूपमा मतदान गर्ने स्थल निर्माण गरिनुपर्ने माग पनि राखेका छन् । उनीहरूले उक्त मागसहितको ज्ञापन पत्र पनि जिल्ला निर्वाचन कार्यालय मोरङमा बुझाएका छन् ।

मतदान केन्द्रमा व्हिल चियर प्रयोग कर्तालाई सजिलै सँग मतदान गर्न व्हिल चियर गुडाउन पर्याप्त ठाउँ बनाइनु पर्ने, न्यून दृष्टियुक्त व्यक्तिहरूका लागि मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरू प्रष्टरुपमा देखिने मतपत्रको रङ्ग हुनुपर्ने माग राखेका छन् । यस्तै दृष्टिविहीन व्यक्तिहरूका लागि छामेर मतपेटिकामा मतपत्र खसाल्नका शारीरिक भएका मतदाताका लागि मतपत्र लिँदा हस्ताक्षर गर्न समान सजिलो हुने ठुलो कलमको व्यवस्था गरिनुपर्ने, ब्रेल लिपी र ठुलो छापामा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने, हात सम्बन्धी अपाङ्गता भएका मतदाताका लागि मतदान केन्द्रमा साङ्केतिक भाषाका दोभासेहरू उपलब्ध गराइनु पर्ने, अपाङ्गता सम्बन्धी विषय समावेश गरी मतदान गराउने कार्यमा खटिने कर्मचारीका लागि अपाङ्गता भएका मतदातासँग गर्नुपर्ने व्यवहार बारे तालिमको व्यवस्था अनिवार्य गराइनु पर्ने, मतदानको दिन अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्र सम्म पु¥याउन निर्वाचन आयोगले घरबाट मतदान केन्द्र, मतदान केन्द्रबाट घरसम्म ल्याउने र पु¥याउने व्यवस्था गर्नु पुर्नेलगायतका १५ बुद्धे माग राखेका छन् ।

१५ बुद्धे मागसहितको ज्ञापन पत्र नेत्रहीन युवा सङ्घ नेपाल मोरङका अध्यक्ष दुर्गानाथ जोगीसहितका अपाङ्गता भएका व्यक्तिहरूले प्रमुख राजनैतिक पार्टीका पदाधिकारीलाई भेटेर बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५