animated ellipse animated ellipse

सरकारले राम्रो कामको सुरुवात गरेको छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ आश्विन २०८१, बुधबार १८:०८
18
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बनेको यो छोटो अवधिमा सरकारले राम्रा कामको सुरुवात गरेको दाबी गरेका छन् । कोशी प्रदेश सभामा आज विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले यस्तो दाबी गरेका हुन् ।

‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केहि सकारात्मक संदेश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न गरीएको छ’ उनले भने, ‘धार्मिक तथा साँस्कृतिक क्षेत्रको विकासका निम्ति पाथिभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०८१, बृहत्तर बराहक्षेत्र विकास समिति (गठन) आदेश, २०८१, हलेशी महादेवस्थान विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गरि कार्यान्वयनको चरणमा रहेकोछ ।’

सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरूप कर्जा सुरक्षण कार्यक्रमको विस्तार र प्रवर्द्धनका लागि प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँबीच समझदारीपत्रको आदानप्रदान जस्ता कुराले प्रदेशमा आशाको सञ्चार सृजना गरेको उनले बताए ।

प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई मुलुककै विशिष्टकृत नमूना अस्पतालको रुपमा व्यवस्थापकीय सुदृढीकरण गरी कोशी आयुर्वेद प्रतिष्ठानको रुपमा विकास गर्न “आयुर्वेद चिकित्सा सेवा, जडीबुटी शिक्षा तथा अध्ययन तथा अनुसन्धान सम्भाव्यता अध्ययन कार्ययोजना तर्जुमा कार्यदल, २०८१” गठन गरी कार्य प्रारम्भ गरिएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे । प्रदेशको पर्यटन प्रर्वद्धनका लागि सार्वजानिक निजि सहकारी लगानीको अवधारणा अनुसार भेडेटार स्कईवाक परियोजना संचालन र ट्रायल पास हुने बित्तिकै लाइसेन्स वितरण जस्ता विषयले प्रदेश उत्साह छाएको उनले बताए । उनले विगतका तिता बिर्सिएर सकारात्मक अभ्यासबाट अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावनाविपरीत प्रकट भएका विचलनहरु रोक्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नका लागि आर्थिक शिथिलता, दण्डहिनता र निराशालाई चिर्दै प्रदेशवासी जनतामा प्रदेश संरचना प्रति आशा र भरोसा पैदा गर्ने विश्वास दिलाए । विशेषतः युवाहरुमा प्रकट नैराश्यता, आक्रोस र नकारात्मक सोंचमा परिवर्तन गर्न जरुरी रहेको उनले औँल्याए ।

उनले काँग्रेस र एमालेको सहकार्यबारे स्पष्ट पार्दै भने, ‘प्रदेशवासी जनता समेतको चाहना बमोजिम अघि बढेको उच्च राजनितिक सहकार्य हो । ’ अहिलेको समिकरण राजनीतिक दाउपेच नभएर राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन र राजनीतिक स्थिरताका लागि भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर