खबर पूर्वाञ्चल
उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने बताएका हुन् ।
जिफन्ट कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सहभागिहरूले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले वित्तीय पहुँच पनि बढाउने भएकोले यसलाई कार्यन्वयन गरेर अगाडी बढनुपर्ने बताए ।
जिफन्ट केन्द्रयि महासचिब लक्ष्मण शर्माले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकको जीवनस्तरलाई गुणस्तरयुक्त बनाउन सहयोग पुग्ने भएकाले कार्यन्वयन पक्षलाई अगाडी बढाएर लैजानुपर्ने बताए । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमालले योगदानमा आधरित सुरक्षा सामाजिक सुरक्षामा आवद्ध गराउन दबाव सृजना गरेको बताए । हरेक क्षेत्रमा काम गर्ने श्रमिकहरू योगदानमा आधरित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सचेतना अभियान सँगै दवाव मुलक कार्यक्रमहरु पनि गर्दै आएको उनले सुनाए ।
‘कोशी प्रदेशमा रहेका स्थानी तहहरुमा कार्यविधी बनाएर पेश गरिएको छ । ज्ञापन पत्र बुझाएको छ । कानुनले दिएको अधिकार प्रयोग गरी योगदानमा आधरित सामाजिक सुरक्षा कोष लागू गर्न हामीले औद्योगिक प्रतिष्ठानदेखि स्थानीय तहहरुमा पनि दबाव दिदै आएका छौं,’ अध्यक्ष धमालले भने, ‘हामीले रोजगारीमा आवद्ध भएकाहरुको अभिलेख राख्न पनि स्थानीय तहरुलाई भन्दै आएका छौं ।’
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरना, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, जिफन्ट युवा कमिटि कोशी प्रदेशका अध्यक्ष तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिकी अध्यक्ष भली सुब्बालगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा जिफन्ट एकबद्धता कोषबाट क्युएफका सदस्यलाई ३० हजार रुपैयाँ उपचारको लागि आर्थिक सहयोग पनि गरेको छ ।