मोरङ क्षेत्र नम्बर ६ (क) का लागि रेग्मीको नाम पार्टीले सिफारिस गरिसकेको छ । समाजसेवामा समेत सक्रिय रेग्मी कांग्रेसको गत महाधिवेशनमा क्षेत्रीय सभापतिका उपविजेता हुन् । पूर्व क्षेत्रीय सचिवसमेत रहेका रेग्मी भन्छन्, “स्थानीय निर्वाचनमा बूढीगंगा गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षसहित धेरैजसो वडा जिताउनसमेत मैले भूमिका खेलेको छु ।” रेग्मी बस्ने वडा नम्बर १ मा कांग्रेस उम्मेदवार ६ सयभन्दा बढी मतअन्तरले वियजी भएका थिए ।
रेग्मीले आफ्नो क्षेत्रमा प्रदेश सरकारसित समन्वय गरेर २० करोडभन्दा बढीको योजना ल्याएको दाबी गरे । उनले शिक्षा, स्वास्थ्य, खेलकुद मैदान तटबन्ध निर्माणका लागि बजेट ल्याउन सफल भएको बताए । पार्टीमा लामो समयदेखि लागेको, आफ्नो वडा र गाउँपालिकामा कांंग्रेस उम्मेदवारलाई जिताउन अहोरात्र खटिएकोलगायतका कारणले आफूले नै टिकट पाउनुपर्नेमा रेग्मीको जोड छ ।
तपाईको प्रतिक्रिया