खबर पूर्वाञ्चल
एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा भएको विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा समुह वि को अन्तिम लिग खेलमा आसाम क्रिकेट क्वललाई ६ विकेटले पराजित गर्दै पुलिस उपाधि नजि पुगेको हो ।
जित पछि समुह वि मा पुलिस, आसाम र घरेलु टाली कोशी प्रदेशले २ खेलमा १ मा जित र १ खेलमा पराजित हुँदै समान २–२ अंक जोडेको जियो । नेट रन रेटको आधारमा पुलिस फाइनलमा प्रवेश गरेको हो । यस अघि समुह ए बाट विभागिय टोली त्रिभुवन आर्मी क्ल्व फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल शनिबार हुने छ ।
पाहुना टोली आसामले दिएको १ सय ५५ रनको चुनौती २८ ओभरमा जित्नु पर्ने दवावका विच मैदान प्रवेश गरेको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाई जित हात पारेको थियो । पुलिसको जितमा प्लेयर अफ द म्याच कप्तान अमित श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७१ रन योगदान दिँदा शंकर रानाले ६७ बदमा ४ छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रनको पारी खेले । एक समयमा पुलिस ६ दशमलव २ बलमा ४३ रनमा ४ विकेट गुमाइ नाजुक स्थितिमा रहेको वेला कप्तान अमित र शंकरले पाँचौ विकेटकालागि १ सय १९ बलमा अविजित १ सय १७ रनको ठोस साजेदारी गरेका थिए । आसामका कप्तान गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ थालेको आसामले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव २ बलमा सबै १ सय ५४ रनको स्कोर बनाएको थियो । आसामका राज विश्वाले ३३ रन बनाउँदा अरुण सोनारले ३१ रन, केभिन सन्जिव क्रिस्टोफरले २३ रन, हियेन कस्यपले १९ रन र कप्तान गोकुल शर्माले १० रनको योगदान दिए । पुलिसका श्रवण यादवले ३ विकेट लिँदा अिरुण ऐरीले पनि ३ विकेट लिए ।