animated ellipse animated ellipse

संविधान संशोधन विधेयक राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेसँगै नयाँ नक्साले पायो मान्यता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ असार २०७७, बिहीबार १९:५८
3
Shares
काठमाण्डौ / लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन् ।

निशान छापमा नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि आज राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन ।

प्रतिनिधिसभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रियसभाले आज नै सर्वसम्मतिले पारित गरेको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बनेको छ । उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ । सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।
भारतले गत वर्ष एकतर्फी रुपमा नेपाली भूभाग समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । भने, केही महिना अघि मात्रै सो क्षेत्रमा मानसरोवर जाने सडक निर्माण गरेर उद्घाटन समेत गरेको थियो ।

नेपाली भूभाग भारतले अतिक्रमण गरेको भन्दै चौतर्फि विरोध भएपछि सरकारले भूमी फिर्ताका लागि नेपालको राजनीतिक, प्रशासनिक नक्सा जारी गरेको थियो । यता भारतले भने नेपालले जारी गरेको नयाँ नक्सामा असहमति जनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर