प्रदेश १ मा ४२१ जनामा संक्रमण पुष्टि हुँदा ३१२ जना संक्रमणमुक्त, संक्रमणबाट १८ जनाको मृत्यु

खबर पूर्वाञ्चल, ७ भाद्र २०७८, सोमबार १६:१३

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६–२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४, कमल गाउँपालिकामा २, गौरादह, बा¥हदशी, गौरीगञ्ज र हल्दिबारीमा १–१, मोरङको बेलबारीमा २५, विराटनगरमा २३, सुन्दरहरैचामा ७, बुढीगंगा र पथरीशनिश्चरेमा ३–३, रंगेली र कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, लेटाङमा १–१ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा ३१, धरानमा १९, बराहक्षेत्रमा ५, दुहवी र रामधुनीमा ३–३, देवानगञ्जमा २, इनरुवा, बर्जु, भोक्राहा, हरिनगरमा १–१, इलामको सुर्योदयमा ५, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, माईमा १,संखुवासभाको खाँदबारीमा ५, उदयपुरको बेलकामा २, पाँचथरमा १ र ते¥हथुममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५७ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र १३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५