AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

संगीतालयद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०८१, बुधबार १७:५०
81
Shares
विराटनगर / विराटनगरस्थित स्वर संगम संगीतालयले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

३० औं वार्षिकोत्सवका अवसरमा संगीतालयले साहित्य, समाजसेवा, संगीत, ललितकलालगायतका क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई सम्मान गरेको हो ।

स्वर सम्राट नारायणगोपालको ३४ औं स्मृति दिवसको सन्दर्भसमेत पारेर आयोजित कार्यक्रममा संगीतालयका तर्फबाट विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्यकार जयप्रसाद पाण्डे, समाजसेवी जगतप्रसाद अज्र्याल, गायक रामा मण्डल, ललितकला निवास पोखरेल, संगीतालय स्थापनाकालका विद्यार्थीमध्येबाट रश्मी हमाललाई सम्मान गरिएको थियो ।

संगीतालयका अध्यक्ष कुशेश्वर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागिपरेको बताए । उनले विराटनगर प्रज्ञा प्रतिष्ठानमार्फत सबै भाषा, साहित्य, कला, संस्कृतिको विकासमा लागिसकेको उल्लेख गरे । कार्यक्रममा कलाकारहरुले शास्त्रीय संगीतसहित स्वरसम्राट नारायणगोपालका विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर