खबर पूर्वाञ्चल
नेपाल चिकित्सक सङ्घ कोशी शाखाको हिजो साँझ विराटनगरमा आयोजित २०८१–८४ को निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई पदस्थापन समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीँले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताए ।
मुख्यमन्त्री कार्कीले सरकारले जनताको घर–घरमा स्वास्थ्य सेवा पु¥याउनका लागि के कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै एक कार्यदल गठन गर्ने जानकारी दिँदै यसका लागि आवश्यक सुझाव दिन सङ्घलाई आग्रह समेत गरे । उनले सरकारी स्वास्थ्य संस्थाको जीर्ण रहेको भौतिक संरचनालाई वलियो बनाउने कार्य शुरु गरेको जानकारी दिँदै यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माण गरी सञ्चालनमा आएको बताए ।
मुख्यमन्त्री कार्कीले सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाको जिम्मा लिने बताउँदै समयमा जानकारी प्राप्त भएमा दोशीलाई कारवाही गरी समाजमा सकारात्मक सन्देमा सन्देश प्रभाव गर्ने बताए ।