ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, नेकपा एसले विपक्षमा मतदान गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ बैशाख २०८१, सोमबार ०६:१४
72
Shares
फाइल तस्वीर
विराटनगर/ कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

कोशीमा नयाँ सरकार गठन भएपछि प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दिइसकेका छन् ।

कार्कीलाई एमालेसहित नेकपा माओवादी र जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिनेछन् । तर, केन्द्रीय सरकारमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीले भने विश्वासको मत नदिने बताएको छ ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अदालतमा मुख्यमन्त्रीकै विरुद्धको मुद्दा विचाराधिन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको बताए ।

अघिल्लो पटक हिक्मतकुमार कार्कीलाई अन्तिम समयसम्म सहयोग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गरिनसकेको बताएको छ । दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दलले आज बिहान बैठक बसेर निर्णय दिने बताए ।

यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले भने आफूले सरकारलाई विश्वासको मत दिने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर