पूर्वाञ्चल खबर


कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका निर्देशक भुवन नेपालले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष र स्वरोजगार जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताए । उनले बिदाइ भएर जाने विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै नयाँ विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्न सुझाव दिए । त्यस्तै, क्याम्पस प्रमुख डिके साहले इडेनवर्ग कलेजले विद्यार्थीहरूलाई जहिले पनि सीप र संस्कारसहितको शिक्षा दिएर अगाडि बढाएको उल्लेख गरे ।
समारोहमा ‘डान्सिङ स्टार’ प्रतियोगिता समेत आयोजना गरिएको थियो । सोही अवसरमा पत्रकार प्रेम देवानले आफ्ना स्वर्गीय बुबाको सम्झनामा स्थापित ‘कृष्ण देवान स्मृति पुरस्कार’ प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न आकर्षक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन दिलाएका थिए ।