ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ९८ हजार ६ सय नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ आश्विन २०७७, बिहीबार १७:३५
639
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय८४ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ४ सय ७३ जनाको परीक्षणमा थप ४हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

आज २ हजार ६ सय ७५ जना संक्रमित निको भएर घर फर्किएका मन्त्रालयका जनाएको छ । निको हुनेको संख्या ७१ हजार ३ सय ४३ जना पुगेको छ ।

पछिल्लो थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर