RUMPUM
animated ellipse animated ellipse

झापाको कनकाई चौंथो मिल्स गोल्डकपको अन्तिम चारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ बैशाख २०८१, आईतवार १९:३२
144
Shares
विराटनगर/ झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा घरेलु टिम टिडब्ल्यु विराटनगरलाई टिडब्ल्यु २–१ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

जितसँगै कनकाइले फाइनल प्रवेशको लागि बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पूर्व विजेता सशस्त्र प्रहरी बल (एपीएफ)पकलीसँग खेल्नेछ ।

जितको लागि कनकाइका सन्दिप रसाइलीले दुई गोल गरे । उनी खेलको प्लयेर अफ द म्याच घोषित भए । टिडब्ल्युका आशिष राईले सान्तवना गोल फर्काए । खेलको अन्त्यमा टिडब्ल्युका खेलाडी समालिन नसक्दा हार व्यवहोर्यो ।

खेल सुरू भएको २७ औं मिनेटमा विराटनगरको आशिष राईले डिबक्स भित्रबाट गोल गरी सुरुवाती अग्रता लिए । झापाका खेलाडीको खुट्टामा लागेर रिबाउन्ड भएको बललाई आशिषले गोलमा परिणत गरे । टिडब्ल्युको अग्रता २७ मिनेट पनि टिक्न सकेन । दोस्रो हाफदेखि आक्रमक खेल पस्किदै ५० औं मिनेटमा कनकाइ स्पोर्टिङ क्लबका सन्दिप रसाइलीले गोल गरी खेल बराबरीमा ल्याए । खेल सकिन दुई मिनेट अगाडी कनकाइका खेलाडी श्याम मुर्मुलाई टिडब्ल्युका खेलाडीले डिबक्स भित्र फल खेलेपछि रेफ्री मदन काफ्लले पेलान्टी दिए । पेलान्टीमा कनकाइका सन्दिपले आकर्षक गोल गरि टिमको जित सुनिश्चत गरे ।

खेल सुरू भएको ९ औं मिनेटमा टिडब्ल्युका मनोज खड्काले डिबक्ब भित्रबाट गरेको कडा प्रहार कनकाइका गोलकिपर सन्तोष दनवारले पञ्च गरेर बल बारमाथिबाट फालिदिए । त्यसलगतै ११ औं मिनेटमा कनकाइका श्याम मुर्मुको प्रहार टिडब्ल्युका गोलकिपर पूर्ण च्याम्जुङले बिफल पारिदिए ।
४१ औं मिनेटमा कनकाइका श्यामले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरयो । विराटनगरका खेलाडीले आधा दर्जन प्रहार गोल गर्न चुक्दा पहिलो खेलबाटै बाहिरियो ।

भोलीको अन्तिम क्वारटफाइनल खेल कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र पूर्व विजेता गोलबजार स्पोर्टिङ क्लब गोलबजारबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर