पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५७ जना संक्रमण मुक्त, थपिए ३८५ जना संक्रमित र ११ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, १ असार २०७८, मंगलवार १८:१७

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५७ जना संक्रमण मुक्त भएका छन् भने ३८५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ ।

प्रदेश १ मा थपिएका ३८५ जना कोरोना संक्रमित मध्ये सवैभन्दा बढी झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, धनकुटामा २, ताप्लेज्ुङ, ते¥हथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ५४, भद्रपुरमा ३४, मेचीनगरमा १९, दमकमा १७, अर्जुनधारामा २२, शिवसताक्षीमा ९, कनकाईमा ८, बुद्धशान्तिमा ८, हल्दिबारी र कमल गाउँपालिकामा ४–४, बा¥हदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल र गौरादहमा १–१, सुनसरीको धरानमा ३९, इटहरीमा ३१, रामधुनीमा ५, दुहवी र बराहक्षेत्रमा ३–३, बर्जुमा २, इनरुवा र भोक्राहानरसिंहमा १–१ र स्थानीय तह नखुलेका ६ , मोरङको विराटनगरमा ५८, सुन्दरहरैचामा ८, उर्लाबारी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रंगेली, कानेपोखरी, कटहरी, मिक्लाजुङ र बेलबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संखुवासभाको पाँचखपन र चौनपुरमा ३–३, खाँदबारीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुली, माईजोगमाई, सुर्योदय र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, ताप्लेज्ुङ, ते¥हथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।्

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ४४२ पुगेको छ । संक्रिय संक्रमितको संख्या १५ हजार ५५६ रहेको छ । प्रदेश १ मा आज १ हजार ४३१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६५ महिला र २२० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्ले २४ घण्टामा प्रदेश १ भर संक्रमणबाट ११ जना मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३१६ महिला र ७४७ जना पुरुष गरी १०६३ पुगेको छ ।

मृत्यु हुनेमा झापाका ४ जना, मोरङका ३ जना सुनसरीका २ जना, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विराटनगरको नोवेल शिक्षण अस्पतालमा सवैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ भने अन्य आइसोलेनसमा ४ जना र धरानको विपिमा २ जना संक्रमितको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५