छठ हेर्न गएका १४ वर्षीय बालकलाई छुरा प्रहार गरि हत्या

खबर पूर्वाञ्चल, १४ कार्तिक २०७९, सोमबार ११:२०
630
Shares
विराटनगर / मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक किशोरको हत्या गरिएको छ ।

उर्लाबारी–७ मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार राती छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको हत्या गरिएको हो ।

झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा दियुसको हत्या गरिएको प्रहरीले जनाएको छ । छठ पर्व हेर्न मावा खोलामा आएका बेला राति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । सुरुमा उपचारका लागि उर्लाबारीकै गोदावरी अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगियो ।

उपचारका क्रममा आज विहान ४ः५० बजेतिर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार छुरा प्रहारबाट दियुसको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो ।

छुरा प्रहार गर्नेहरुको पहिचान हुन बाँकी छ । यद्यपि उर्लाबारीकै हाटखोला बस्ने च्यान्टे भनिने युवाको समूहले छुरा प्रहार गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ । घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको एसपी कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५