ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालमा आउने विरामी अन्यन्त्र रिफर नहोस् : स्वास्थ्यमन्त्री खापुङ्ग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ मंसिर २०७९, बिहीबार १८:५१
189
Shares
विराटनगर / स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ्गले प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा आउने विरामी अन्यन्त्र रिफर हुने सिस्टको परिपार्टी अन्त्य हुनुपर्ने बताएका छन् ।

कोशी अस्पतालको ५ सय शैय्याको मेडिकल भवनको आज शिलन्यास गर्दै स्वास्थ्य मन्त्री खापुङ्गले यस्तो बताएका हुन् ।

‘पूर्ण स्वामित्वको प्रदेश १ को सबैभन्दा ठूलो सरकारी हस्पिटल हो कोशी । यहाँ आउने विरामी प्रदेश १ र मधेश प्रदेशका विरामीहरू पनि आउने गरेका छन् । यहाँ आउने विरामीको उपचार गरिनु पर्दछ । यहाँ उपचार हुने रोगको उपचार गर्ने क्रममा अन्त्य रिफर नहोस्,’ उनले भने, ‘यही उपचार हुने बातावरण बनाउनुपर्दछ । यहाँ आउने विरामी अन्त्य जानु नपरोस् । त्यसमा ध्यान दिनुपर्दछ ।’

स्वास्थ्य मन्त्री खापुङ्गले पूर्वाञ्चल विश्व विद्यालय र कोशीलाई मिलाएर मेडिकल कलेज खोल्ने विषयमा पनि छलफल भएको बताए । ‘यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधीसहित हामीले मेडिकल कलेजको लागि छलफल गरेका छौं,’ उनले भने, ‘निर्वाचित जनप्रतिनधीहरूले पनि चासो देखाउनुभएको छ ।’

सरकारी हस्पिटलले विरामीलाई गुणस्तरीय र छिटो क्षरितो सेवा प्रभाव गरिनुपर्ने उनले बताए । ‘सरकारी अस्पतालमा भित्र उपकरणहरु प्रयोग नगरेको कारणले विरामी बाहिर पढाउने गरेका आरोप लाग्ने गरेको छ,’ उनले भने, ‘यसो आरोप आउनु दिनु हुदैन । सरकारी अस्पताल राम्रो र गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा चिनाउन सबै लाग्नुपर्नेछ ।’

कार्यक्रममा शहरी विकास मन्त्री मेटमणी चौधरीले कोशी अस्पतालको मेडिकल भवन निर्माणले नेपालको पूर्व क्षेत्रको लागी स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने बताए । स्वास्थ्य जस्तो महत्वपूर्ण भवन निर्माण समयमै गुणस्तरीय निर्माण गर्न मन्त्री चौधरीले निर्देशन दिए ।

कार्यक्रममा कोशी अस्पतलाका मेसु डा. लक्ष्मीनारायण यादवले आफु कार्यभाग समालेपछि कोशी अस्पताल सुधारमा लागि परेको बताए । ‘कोशी अस्पतालको आइसियू यसअघि १२ शैय्या मात्र संचालन रहेको थियो । अहिले भेन्टिलेटरसहित २४ शैय्यामा संचालन रहेको छ ।’ उनले प्रयोगशालामा थप जाँच पनि सुरु गरेको बताए । अस्पतालभित्र एभि फिस्टुला पनि सुरु भएको उनले बताए । चाँडै कोशीमा आउने विरामीलाई सहजताको लागि ओपीडि एप बनाउने तयारी सुरु गरिएको उनले बताए । यो एप बनेपछि घरबाटै विरामीले ओपीडिको टिकट काटने बातवरण हुने उनले बताए । कोशी अस्पताल भित्र चार सय परिवारको लागि आवास गृहको पनि तयारी गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर