AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिसान मोरङको अध्यक्षमा अमित ढकाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ जेष्ठ २०७९, शनिबार ०८:५९
1.04k
Shares
विराटनगर / उच्चशिक्षालयतथामाध्यमिकविद्यालय संघ नेपाल (हिसान¬) मोरङको अध्यक्षमाअमित ढकाल निर्विरोध निर्वाचितभएका छन् ।

विराटनगरमा शुक्रबार राती सम्पन्न भएको छैटौ जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष रहेका ढकाल यसअघि हिसान मोरङको वरिष्ठ उपाध्यक्ष रहेका थिए । नव निर्वाचित अध्ययक्ष ढकालले निजी कलेजहरूको विकासमा ध्यान दिने बताए । अहिले पनि राज्यले निजी उच्चमा विहरूलाई बिभेद गरेको बताए । उनले राज्यको विभेदकारी नीति अन्त्य गरिनुपर्नेमा जोड दिए । ‘अहिले सरकारले प्राविधिक विषय अध्ययन गराउन निजीलाई दिएको छैन । त्यस्तो विभेदकारी नीति अन्त्य हुनुपर्दछ,’ उनले भने ।

हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा टि.एन. तिम्सिना, उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, डा. मनोज गुप्ता, सचिव गोविन्द निरौला, सह–सचिव ललितनारायण र कोषाध्यक्षमा भेषराज नेपाल( भुवन) निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा विरेन्द्रकुमार चौधरी, बिक्रम महर्जन, भास्कर भट्टराई, खड्ग डागी, दुर्गा पौडेल, विजयकुमार माझीलगयात रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर