AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजले गर्यो ७५० विद्यार्थीलाई औपचारिक बिदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०८२, शनिबार १९:४६
117
Shares
विराटनगर / विराटनगर १० स्थित कान्तिपुर ११औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर आज कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका तथा होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई औपचारिक रूपमा बिदाइ गर्दै वार्षिक उत्सव समापन गरिएको छ।

यस वर्ष व्यवस्थापन संकाय तथा होटल म्यानेजमेन्ट अन्तर्गत अध्ययन पूरा गरेका जम्मा ७५० जना विद्यार्थीलाई बिदाइ गरिएको हो।

बिदाइ र सांस्कृतिक प्रस्तुति बिदाइ समारोहमा विद्यार्थीहरूले आकर्षक नृत्य, तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी अभिभावक तथा सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। केही विद्यार्थीले कलेज जीवनका अविस्मरणीय क्षणहरू स्मरण गर्दै शिक्षक, अभिभावक तथा साथीहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए।

बिदाइको क्षणमा विद्यार्थी र शिक्षक दुवै भावुक भएका थिए। लामो समयसम्म सँगै बिताएको सम्बन्धलाई सम्झँदै विद्यार्थीहरूले कान्तिपुरले दिएको शिक्षा जीवनभर यादगार रहने बताएका थिए।

उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान समारोहमा शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व क्षमता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। विद्यालय व्यवस्थापनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई आगामी यात्रामा अझ सफल बन्न शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर