animated ellipse animated ellipse

एकै ठाउँमा सबै सेवा पाएपछि विरामी हर्षिद, ५८९ जनाको निःशुल्क उपचार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०७८, आईतवार १७:२५
2.01k
Shares
विराटनगर/ अरूबेला यात्रुहरूको खचाखच हुने विराटनगर बसपार्कमा आज विहान छुट्टै माहोल थियो ।

बसपार्क भित्र लामबद्ध भएर कोही काउन्टरमा नाम टिपाउदै थिए भने कोही नाम टिपाएपछि चिकित्सकलाई आफ्नो समस्या सुनाउन व्यस्त देखिन्थे । एकै ठाउँमा स्वास्थ्यसँग सम्बिन्धित सम्पूर्ण स्वास्थ्य उपचार सेवा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, नेपाल यातायत व्यवसायी महासंघको आयोजना तथा नोबेल मेडिकल कलेज र नेपाल औषधी व्यवसायी संघ मोरङले समन्वयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्ने विरामी हर्षिद देखिए ।

शिविरमा आउने विरामीले विभिन्न रोगका एक दर्जन विशेषज्ञ चिकित्सकहरू एकै ठाउँमा भेला भएर विरामीको उपचार गरेका थिए । ६६ औं प्रहरी दिवसको अवसर पारेर आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्री तथा प्रसूती रोग, बालरोग, हार्डजोर्नी, छाला रोग, नाक, कान, घाँटी, दन्त रोग, आँखा, छाला, मानसीक रोग, मुटुरोग विशेषज्ञ चिकित्सकहरू उपस्थित भएर विरामीको उपचार गरेको थिए ।

शिविरमा अस्थायी ल्याब पनि खडा गरिएको थियो । विरामीको स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले लेखाइदिएको औषधी पनि शिविरमा निःशुल्क बितरण गरियोे । चिकित्सकले लेखाइदिएको सम्पूर्ण औषधी विरामीलाई निःशुल्क नेपाल औषधी व्यवसायी संघ मोरङले बितरण गरेको थियो ।

प्रहरी दिवसको अवसर पारेर एउटै छानामुनी सम्पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए ।

शिविरमा ५ सय ८९ जनाले निःशुल्क स्वास्थ्य उपचार र औषधी लिएको मोरङ ट्राफिक प्रहरीका सही शिव शर्मा धिमालले जानकारी दिए । शिविरिमा २ हजार थान माक्स पनि निःशुल्क वितरण गरिएको उनले बताए । शिविरमा विभिन्न सामाजिक संघसंस्थाहरूले पनि सहकार्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर