AArya
RUMPUM
animated ellipse animated ellipse

जनचाहाना र भावनाअनुसार प्रदेश सरकारले काम गर्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०७८, शुक्रबार १८:३७
162
Shares
विराटनगर / प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले जनताका चाहाना र भावना अनुसार काम गरिरहेको बताएका छन् ।

नेपाल टेलिभिजन इटहरीद्वारा उत्पादित कार्यक्रम ‘प्रदेश प्रसङ्गमा बोल्दै मन्त्री कार्कीले एक सय दिनको अवधिमा अघिल्ला सरकारले ट्र्याक बाहिर लगेका सुशासनका कुराहरूलाई सहि मार्गमा ल्याएको बताएका हुन्।

अहिलेको सरकारले आगामी दिनमा गर्ने कामको ‘रोडम्याप’ पनि तयार बनेको बताउनुभयो । मन्त्री कार्कीले भने, ‘अघिल्ला सरकारले धेरै कुराहरू ट्र्याक बाहिर लगेको थियो । त्यो कुरा मैले सरकार बाहिर हुँदा पनि प्रस्ट रूपमा राखेको हुँ । त्यस्ता त्यस्ता कुरालाई हामीले ट्याकमा ल्याएका छौँ । साथै हाम्रो मन्त्रालयमा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने हो भन्ने कुराको रोडम्याप पनि बनाएका छौँ ।’

प्रदेश १ को नामकरणमा समेत अहिलेको सरकारले अग्रसरता लिएको उनले बताए उनले भने ‘एउटै पार्टीको दुई तिहाइ बहुमत हुँदा पनि नामकरण हुन सकेन हामी त गठबन्धनमा छौँ, त्यसका लागि हामीले स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा समिति बनाएका छौँ । हामीले नामकरण प्रक्रिया अगाडि बढाएका छौँ । नामकररणका लागि हामीलाई नेकपा एमालेको पनि सहयोग चाहिन्छ ।’ नामकरणका लागि आगामी फागुन १० गते सरकारले सर्वदलीय बैठक आव्हान गरेको छ ।

बाहिरको हल्लाजस्तो खर्च बढ्दैन
मन्त्री कार्कीले सरकार विस्तार हुँदा खर्चले धान्न नसक्ने भनेर बाहिर कुरा आइरहेको भन्दै त्यसो नभएको बताए । ‘बाहिर जसरी कुरा आएको छ । त्यसो हैन, मन्त्री भनेको सांसद नै हुने हो । सांसदले पनि तलब पाएकै हुन्छन् । मन्त्री हुँदा त्यसमै केही रकम थप्ने मात्र हो । भएकै कर्मचारीले मन्त्रालय चलाउने हो । मन्त्रीलाई गाडी नयाँ किनिएको छैन । पुराना गाडी नै प्रयोग गरिएको छ । सरकार मितव्ययी बनेर काम गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर