पूर्वाञ्चल खबर
सुनसरीको धरान र मोरङको बेलबारीका संक्रमितको आज विहान मृत्यु भएको हो ।
बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुष र धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । बेलबारीका मृतकमा फोक्सो र मृगौला सम्बन्धी समस्या थियो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका बताए । कार्तिक ५ गते विहान भर्ना भएका संक्रमितमा सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
धरानकी कोरोना संक्रमित महिला असोज २९ गते नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट ग्रसित महिलाको उपचारका क्रममा आज विहान ४ बवे मृत्यु भएको दाहालले जानकारी दिए ।