खबर पूर्वाञ्चल
अस्पतालमा आएका विरामीले ल्याबमा परीक्षण गर्न नपाएपछि आन्दोलित भएका छन् । विरामीहरूले अस्पतालल प्रशासन अगाडी आज स्वास्थ्य उपचार पाउनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् ।
विरामीका आफन्तहरूले ल्याबमा विरामीको परीक्षण गर्ने कोटा सिस्टम लागू गरेको भन्दै आज अस्पताल प्रशासन अगाडी नाराबाजी गर्दै विरोध गरेका छन् । सयौंको संख्यामा उपस्थित भएका विरामीले स्वास्थ्य परीक्षण गर्न पाउनु पर्ने माग अस्पताल अगाडी नाराबाजी गर्दै आएका छन् । विरामीको भिड अस्पताल प्रशासन अगाडी बढाएको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवका अनुसार एकजना एघारौं तह र दुईजना नवौं तहका रेडियोलोजिष्टको दरबन्दी कोशीमा छ । तर, संघ अन्तर्गतको दरबन्दीका रेडियोलोजिष्ट कोशीमा छैनन् । अस्पताल विकास समितिमार्फत तीनजना नियुक्ति गरिएको थियो । तीमध्ये दुईजनाले राजीनामा दिएपछि बाँकी एकजनाबाट काम चलाउनु पर्ने अवस्था छ ।
जनशक्ति अभाव भएपछि विभागले कोटा प्रणाली लागु गरेर सेवा उपलब्ध गराउने तयारी गरेको थियो । त्यस क्रममा सेवाग्राही तथा आफन्तले सरकारी अस्पतालको सेवाप्रति असन्तुष्ट जनाउँदै आन्दोलित भएका हुन् । उपचारका लागि आएका सेवाग्राहीले भिडियो एक्स–रे, अल्ट्रासाउण्डलगायतको विल काटिसकेपछि सेवा नपाएको भन्दै विरोध जनाएका थिए ।
जनशक्ति अभावका कारण दैनिक दुईसयले पाउँदै आएको सेवा अहिले ६० जनाले मात्रै पाउन सक्ने अवस्था रहेको निमित्त मेसु यादवले जानकारी दिए । समस्या भईरहेको छ, निमित्त मेसु यादवले भने–जसोतसो एकदिनको समस्या हल गरेका छौं, तर सधैं यसरी चल्ने देखिदैन । तत्काल गर्नुपर्ने एक्स–रे का काम समेत पालो पर्खेर बस्दा तीनदिन लाग्ने गरेको सेवाग्राहीको गुनासो छ । कतिपयले एकहप्तामा समेत पालो नआएको भन्दै गुनासो गरेका छन् ।
विराटनगर – ५ का मो. हुुसेनले भिडियो ए–क्सरेको बिल काटिसक्दा पनि ल्याबमा परिक्षण गर्न नपाएको बताए । ‘पेटको समस्या भएपछि अस्पतालमा आएर चिकित्सकलाई देखाएको थिए । चिकित्सकले भिडियो ए–क्सरे गर्नु भन्नुभयो त्यसपछि ए–क्सरेको बिल पनि कटाए । ल्याबमा गएर परीक्षण गर्दा आजलाई कोटा फुल भएको जानकारी दिइयो,’ विरामी हुसेनलले भने, ‘अहिले दैनिक २० जनाको मात्र परीक्षण गर्ने गरेको जानकारी गराएपछि हामी अहिले आन्दोलित भएका हौं ।’
स्वास्थ्य उपचार पाउनुपर्ने नागरिकको नैसंगिक अधिकार भएपनि चिकित्सक अभावमा कोशीमा आएका विरामीलाई स्वास्थ्यबाट बन्चित गराउन खोजीएको उनले बताए । ‘सरकारी अस्पतालमा स्वास्थ्य उपचार नपाएपछि बाध्य भएर आन्दोलनमा होमिनु परेको हो,’ उनले भने । उनीहरूले कोटा प्रणाली तत्काल हटाएर बिल काटिसकेको विरामीको स्वास्थ्य परीक्षण गरिनुपर्ने माग राखेका छन् ।
कोशी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित हुन नसक्दा यहाँका आएका विरामीले सास्ती पाएका छन् । स्वास्थ्य उपचारको लागि कोशी अस्पतालमा आएका विरामीले अहिले २/३ दिनमा मात्र पालो आएर चिकित्सकलाई देखाउनुपर्ने अवस्था रहेको छ । अस्पतालमा एउटा मात्र बिमाको काउन्टर हुँदा विरामीले सास्ती पाएकोले थप काउन्टर बिस्तर गर्नेमा अस्पताल प्रशासनले चासो नदेखाएको विरामीका आफन्तहरूले बताएका छन् ।
३ जना रेडियोलोजिस्टको राजिनामा
कोशी अस्पतलामा ल्याबमा रेडियोलोजिष्ट चिकित्सकको अभाव रहेको छ । तीन जना रेडिलियोजिस्ट चिकित्सकको राजिनाम दिएपछि असपताललमा डाक्टरको अभाव भएको हो । अस्पतालमा अहिले एक जना मात्र रेडियोलोजिस्ट चिकित्सक रहेका छन् । अस्पतालका निमिक्त मेसु डा. लक्ष्मीनारयण यादवले रेडियोलोजिस्टको अभावले गर्दा न्यून संख्यामा परीक्षण भएको बताए । ‘४ जना रेडियोलोजस्ट भएकोमा अहिले तीन जनाले राजिना दिनुभएको छ । भएका एक जना रोडियोलोजिस्टले काम गर्दै आउनुभएको छ,’ उनले भने, ‘त्यही भएर अहिले कम संख्यामा परीक्षण हुदै आएको छ ।’
अस्पतालमा दुई जनाको रेडियोलोजिस्टको दरबन्दी हो । जसमा डा. ओम विजु पन्तलाई विभागीय कारवाहीमा परेका छन् भने भएका डा. पुस्कर देवले आइतबारदेखि लागू हुने गरि राजिनामा दिएका छन् । अस्पतालको विकास समितिले तीन जना रेडियोलोजिस्ट चिकित्सकलाई कारारमा नियुक्त गरेको थियो । नियुक्त गरिएको डा. अंशु श्रेष्ठ, डा. सितेश कोइराला र डा. राजा सुवाल थिए । उनीहरू मध्ये डा. श्रेष्ठ र कोइरालाले राजिनामा दिएका छन् ।
अहिले अस्पतालमा डा. राजा सुवालले मात्र रेडियोलोजिस्ट विभाग समालेका छन् । यसअघि दैनिक २ सय भन्दा बढीको कोशीमा स्वास्थ्य परीक्षण हुने गरेको थियो । तीन जना चिकित्सकले राजिनामा दिएपछि आइतबारदेखि एक जना डा. सुवालले ६० जनाको परीक्षण गर्दै आएका छन् ।
आइतबार अत्याधिक भिड भएपछि अस्पतालले दैनिक २० जनाको कोटा लागू गरेको बुझिएको छ । त्यसको विरोधमा आज अस्पतला अगाडी विरामीले कोटा सिस्टम खारेज गरिनुपर्ने र चिकित्सक थप गरि अस्पतालले विरामीलाई चाँडो सेवा दिनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् ।