AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७८, शनिबार १७:२६
171
Shares
विराटनगर / विराटनगरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले पठन संस्कृतिको विकास गरेर अगाडी लैजानुपर्नेमा जोड दिएका छन् ।

आर्दश पुस्तकालयको ७५ औं जयन्तीको अवसरमा विराटनगरमा आज आयोजित कार्यक्रममा सरोकारवालहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै विष्णुमाया पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमलले पुस्तकालयमा पठनपाठन गर्न जाने पठन संस्कृति हराउँदै गएको उल्लेख गर्दै यसको विकास गरेर अगाडी बढनुपर्ने बताए । पुस्ताकलयहरूको अवस्था दहनिय रहेको उल्लेख गर्दै उनले पठन संस्कृतिको विकासमा अहिलेको युवापुस्ताहरुलाई जोडेर अगाडी बढनुपर्ने बताए ।

संगठति हुन नसक्दा पठन संस्कृतिको विकास नभएको भन्दै उनले एक जुट भएर तीन तहको सरकारले पुस्ताकलयको विकासमा ध्यानदिनुपर्ने सुझाब दिए ।

कार्यक्रममा संयोजक टिकाप्रसाद उप्रेती, डा. विमलप्रसाद निरौलालगायतले बोलेका थिए । सोही अवसरमा आदर्श पुस्ताकलयले तीन जनालाई सम्मान गरेको थियो । आदर्शक पुस्ताकलयका सल्लाहकार प्रध्यापक विश्वराज पाण्डे, तोरेन्द्रमान सिंह प्रधान र श्याप सापकोटालाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर